फागु पूर्णिमा अर्थात् होलिको प्रसङ्ग

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्वको रूपमा परिचित छ l असत्यको पक्षमा लागेकी होलीकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलीका हिरण्यकस्यपुकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनले ब्रह्माको तपस्या गरेर आगोले नजल्ने वरदान प्राप्त गरेकी थिइन् ।
उता हिरण्यकस्यपुका छोरा प्रह्लाद भगवान् विष्णुका ठुला भक्त थिए । बुबाले बारम्बार सम्झाउँदा पनि उनले विष्णुप्रति आफ्नो भक्तिभाव त्यागेनन् । उनी राक्षसका राजा थिए भने भगवान विष्णु देवताका संरक्षक । यसरी आफ्नो विरोधीको पक्षमा लागेपछि हिरण्यकस्यपुले प्रह्लादलाई मार्ने योजना बनाए ।
ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी उनले प्रह्लादको हत्या गर्ने योजना बनाएका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाउने योजना बनाएका थिए । तर भगवान् विष्णुको शक्तिका कारण प्रह्लादलाई केही भएन तर होलीका गलत प्रयोग गर्न खोज्दा जलिन् भन्ने मान्यता राखिन्छ । त्यो दिन फागुन शुक्ल पूर्णिमाको दिन थियो भन्ने मान्यता छ ।
अर्काेतर्फ वैदिक कालमा समेत यो पर्व मनाउने गरेको साहित्यिक प्रमाण पाइन्छ । सो समयमा यस चाडलाई ‘नवनेष्टी’ भनिन्थ्यो । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । यस्तो अन्नलाई ‘होला’ भनिन्छ, त्यसैले यसलाई होलीका उत्सवको रूपमा मनाइन्थ्यो ।
यो चाडलाई नवसंवत्सरको आगमन तथा वसन्तगमको उपलक्ष्यमा गरिएको यज्ञको रूपमा पनि मान्ने गरिन्छ । केही मानिसहरू यस चाडलाई अग्निदेवको पूजा गरेर पनि मनाउने गर्छन् । मनुको जन्म पनि यही दिन भएको मान्ने चलन छ । अर्को तिर द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मा’र्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले ज’लाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थहरूमा उल्लेख गरिएको प्रसङ्ग भेटिन्छ l
पहाड र तराईमा २ दिन होली मनाउनुको विशेष महत्व रहेको बताउँछन् । मिथिला संस्कृतिमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने र हजारौं जनाको उपस्थिति हुने भएकोले सोको भोलिपल्ट होली मनाउने गरिएको मानिन्छ। मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्ने गर्छ ।त्यसैले पहाडमा फागुपूर्णिमाको दिन र तराईमा र तराईका वसिन्दाले जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलीका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ संस्कृतिविदहरू तर्क गर्छन् l
‘होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो ।
प्रेम एकता,सदभाव, सामाजिक सम्कोबन्ध आपसी मित्रताको रङ्गीन पर्वको रूपमा पनि होलीकोको व्याख्या गरिन्छ l
फोटो : सार्वजनिक सन्जालबाट साभार
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...