'ई:' र 'चाउ'को ९ दिने पदयात्रा आज समापन हुने,कलङ्कीदेखि सिंहदरबार हिंडन अपिल

काठमाडौँ,फाल्गुन ७
गरिब, सडक व्यवसायी र अनौपचारिक क्षेत्रका बासिन्दाले भोग्नु परेका समस्या सरकारलाई सुनाउन सामाजिक अभियन्ता ‘ईः’ ले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणबाटमाघ २८ गते सुरू गरेको पदयात्रा आज ठिक ११ बजे कलङ्कीबाट सिंहदरबार जाने हुनाले इच्छुकहरूलाई अभियन्ताद्वय 'ई:' र चाउले अपिल गरेका छन् l विगत आठ दिन देखि 'ई:' सँगै पदयात्रामा रहेका 'चाउ' आजको कार्यक्रममा अलि धेरै साथीहरू जोडिने विश्वास गर्छन् l सिंहदरवारलाई भुइँको कुरा सुनाउने र भुइँ मान्छेको पदचाप देखाउने अभियान हो l
बुद्धको करूणाको संदेश सरकार समक्ष पुर्याउन मायादेवीबाट पदयात्रा सुरु गरिएको अभियन्ता ईःले जानकारी गराएका छन् । यात्राका क्रममा बाटोमा पर्ने ग्रामीण क्षेत्र र सहरमा रहेका सडक व्यवसायी र अनौपचारिक क्षेत्रमा आवद्ध व्यक्तिसित छलफल र अन्तर्क्रिया गरेर समस्या संकलन गर्दै आएको अभियन्ता ईःले जानकारी दिएका छन् । ‘करुणा र सहानुभूतिका संदेश सिंहदरबारसम्म पुर्याउन चाहन्छौं,’ ईःले भने, ‘८ दिनसम्म हिंडिसकियो अब आज फाल्गुन ७ गते सिंहदरवार पुग्ने हो l
यात्राको क्रममा सडकमा भेटिएका मान्छेहरूसँग संवाद गर्दै दुख सुखका कुरा गर्दै समस्या र समाधानका उपाय बारे विमर्श गर्दै हिँडेको चाउको भनाइ छ l
सहरी गरिबको व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्ने, सहरी गरिबको पक्षमा कार्यक्रम ल्याउनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि कानुन संसोधन गर्न अनुरोध गर्ने लगायतका मागहरू छन् । यस अघि पनि आमरण अनशन, सिंहदरवारमा रातो मसी फाल्ने काम, काठमाडौँ महानगर अघि १९९ घण्टा उभिएर धर्ना र पदयात्रा जस्ता कार्यक्रम गर्दै आइरहेकाअभियन्ता हुन् ‘ई' l पदयात्राको सम्पूर्ण फोटोहरू चाउले उपलब्ध गराएका हुन् l
पैदलयात्रीद्वारा जारी लुम्बिनी सिंहदरवार ९ दिने पदयात्राको अन्तिम दिन फाल्गुन ७ सिंहदरवार गन्तव्य रहेको र सो को पोस्टर पनि सार्वजनिक गरिएको छ l
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...