२० लाख घुस सहित दुई वडाध्यक्ष पक्राउ
काठमाडौं,माघ,४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई र पुस २ बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् l
पक्राउ,१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ गरेको छ ।
भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
पक्राउ, २
घुस लिएको आरोपमा पुस २ बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् ।
उनलाई हेटौंडास्थित अख्तियार दुररूपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।
जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...