लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले आज शपथ लिँदै
रुपन्देही, पुस, ८
लुम्बिनीमा नवनियुक्त दुई मन्त्रीले आज दिउँसो शपथ लिने भएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको लागि दिउँसो २ बजेको तयारी रहेको सूचना अधिकारी सुरेश भुसालले मुख्यमन्त्री कार्यालयको पत्र प्राप्त भएको र शपथको तयारीमा जुटेको बताए । प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे बुटवलमा शपथ ग्रहण कार्यक्रम राखेको छ ।
सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेका हुन् । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा देखिएको किचलोका कारण सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।
मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापा (रोज राणा)लाई मन्त्री बनाएका छन् । केसीलाई शहरी विकास र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्री बनाइएको छ ।
दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री चौधरीले आफूसँग वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय राखेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा प्रदेश सरकार मन्त्रिपरिषदमा मन्त्रीको नियुक्ति र कार्य विभाजन गरिएको हो ।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l