‘बद्री राष्ट्रिय कलाश्री' पुरस्कारबाट सम्मानित हुने सर्जकहरू
काठमाडौं,मङ्सिर, २५
साहित्यपोस्ट डटकम (इ) पत्रिकाका प्रधानसम्पादक एवं उपन्यासकार अश्विनी कोइरालालाई ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८० ’ प्रदान गरिने भएको छ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नगद रु.५० हजार राशि सहितको उक्त पुस्कार साहित्यपोस्ट (इ) पत्रिकाका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा विशेष योगदान पुर्याए वापत कोइरालालाई प्रदान गर्न लागिएको हो l
नेपालमै पहिलो पटक व्यावसायिक रूपमा साहित्यप्रधान अनलाइन पत्रिकाको प्रकाशन सुरु गर्ने कोइराला हुन् l उनको नेतृत्वमा प्रकाशन हुँदै आएको साहित्यपोस्टमा हाल ११ जनाले पूर्णकालिक रोजगारी प्राप्त गरेका छन् ।
कोइरालाका 'उनी' , 'जुकरबर्ग क्याफे' , 'प्रेमालय' जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन् । 'पारिजात' हाइकुकृति पनि प्रकाशित गराएका छन् l
उनले दर्जन बढी पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् । 'प्रेमालय'का लागि 'षडानन्द पुरस्कार' र 'जुकरबर्ग क्याफे' का लागि 'गैर आवासीय नेपाली साहित्य पुरस्कार' रुसबाट प्राप्त गरेका थिए l
‘बद्री राष्ट्रिय कलाश्री' प्रतिष्ठानले कलाश्री राष्ट्रिय सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्नेभएको छ भने रु. १ लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, रु.७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्रीलाई, रु. ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई तथा रु. ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा आइतबार ललितपुरको पुल्चोकमा बसेको कार्यसमिति बैठकले चयनकर्ताहरूको सिफारिसका आधारमा यी सम्मान र पुरस्कारहरूको घोषणा गरेको हो ।
प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, सङ्गीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ ।
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।