एमाले कोसी प्रदेश सरकारबाट बाहिरियो
विराटनगर, कार्तिक,१८
नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूले काँध हालेर सरकार निर्माण गरिदिएको तर कांग्रेसको शेखर समूहले धोकाघडी गरेको एमालेको निस्कर्ष रहेकोले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l