गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी दर्
सुरेश भट्ट आश्रिन
गैरआवासीय नेपाली सङ्घको आजबाट हुने ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा २१-२३ कार्यकालका उपाध्यक्ष श्रेष्ठले २३-२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजान आफू दृढ संकल्पबद्ध रहेको बताए । १० औँ अधिवेशन पश्चात् एनआरएनएमा बढेको तिक्तताले सङ्घप्रति अविश्वास बढेको छ,कुशल नेतृत्वको रिक्तताका कारण विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हावी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ’ उनले भने ।
अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दीपक रेग्मी रहेका छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल रहेका छन् । एनआरएनए सुदृढीकरण र रूपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका महेश श्रेष्ठले १० औँ अधिवेशनबाट अलग भएका शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।
श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहासलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ हो ।
उहाँको नेतृत्वमा एनआरएनएको संस्थागत गरिमा बढ्ने कुरामा मध्यपूर्वका डेलिगेट्सहरू विश्वस्त रहेका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । महाधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरूले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रूपमा मतदान गरी नयाँ नेतृत्व चयन गर्नेछन् ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।