भारतीले दायर गरेको राष्ट्रपति विरुद्दको मुद्दामा कारण देखाऊ आदेश
काठमाडौं, असोज, १८
सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयमाथि प्रश्न उठाउँदै शर्तसहितका आदेश जारी गरेको छ ।
चेतनकी पत्नी भारती शेर्पाको रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको हो ।
अदालतले सो रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती शेर्पा र उनको परिवारका सदस्यहरूलाई सुरक्षा प्रदान गर्नसमेत गृह मन्त्रालयलाई लेखेर पठाउन आदेश दिएको छ । गुण्डा नाइके रिगलबाट रिट निवेदक भारती तथा उनको परिवारमाथि हुनसक्ने खतरालाई मध्यनजर गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ मागिनुलाई सामान्य रुपमा लिन सकिन्न ।
त्यस्तै अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर लिखित जवाफ आएको भोलिपल्ट अर्थात असोज २५ गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको छ ।
यो रिटमाथिको सुनुवाइ कुनै पनि पक्षको अनुरोधमा स्थगित नहुनेसमेत आदेशमा उल्लेख छ । अदालतको आदेश जस्ताको त्यस्तै :
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l