जीवन विकास लघुवित्तको नाफा ७८ करोडभन्दा बढी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको भन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ८१ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पु¥याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी रू. १ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत वर्ष १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्ष शून्य दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने बढेर शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ७५ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६९ दशमलव ५१ रहेको छ ।
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।