पुष्कर शाहको ‘मृतसागरदेखि सगरमाथासम्म’:सम्भोगदेखि सगरमाथासम्मको कथा भोलि सार्वजनिक हुँदै
काठमाडौँ : कार्तिक २५ गते विश्वसाइकल यात्री, माउन्ट एभरेस्टका आरोही, अभियन्ता लेखक पुष्कर शाहको दोस्रो किताब 'मृतसागरदेखि सगरमाथासम्म' जेनजीहरूले विमोचन गर्दैछन् l प्रज्ञा प्रतिष्ठानको डबलीमा भोलि २:३० मा किताबको विमोचन सम्पन्न हुँदैछ l यस अघि 'संसारलाई साँढे पाँच फन्को' किताब प्रकाशित गरेका पुष्करको यो दोस्रो किताब हो l उक्त किताबमा भेटिएको एउटा परिच्छेद यस्तो छ :
'सम्भोगको प्रत्यक्ष प्रसारण '
स्पेनमा कैयन त्यस्ता समुन्द्रीतटहरू छन जहाँ नाङ्गै जान मिल्छ । अझ भनौ न्युड बीचहरू मा लुगा लगाएर जान पाइन्न । शरीरलाइ उदाङ्गो पारेर मात्रा समुन्द्रमा चोपल्न मिल्छ । बेनिडोर्मलाइ सानो न्यूयोर्क भने पनि हुन्छ । न्यूयोर्कमा जस्तै आकास छेडूंला जस्ता गगन चुम्बी भवनहरू ठडीइ रहेका छन् । बेनिद्रोम स्पेनका थुप्रै सहर मध्ये अति नै मन खाने खालको छ । यो स्पेनको पूर्वी तटमा रहेको समुद्री किनारको विश्व विख्यात रिसोर्ट हो। १९६० को दशकसम्म पनी यो सानो माछा मार्ने गाउँ झैं थियो । अब यो सहर माछा मार्ने गाउँबाट आधुनिक सहरमा परिणत भइसकेको छ ।
यो सहर दिन तथा रात्रिकालीन जीवनको लागि परिचित एक विश्व प्रसिद्ध छुट्टी मनाउने गन्तव्य बनि सक्यो । आकासे होटेलहरूमा बसेर पर्यटकहरू दिनमा समुन्द्र तटमा टल्किएका बालुवामा ज्यान सेकाउँछन रात्रि जीवन बार र पबको बियरमा चोपल्छन। स्पेनको यात्रा गर्दा म सधैं जसो समुन्द्र किनारमा सुति हिंड्छु । दिनभरि संसारभरका पर्यटकहरू समुन्द्र तटमा घाम ताप्छन, समुन्द्रमा पौडी खेल्छन, बालुवामा लडिबुडी गर्छन । साँझ घामले बिदा लिए पछि समुन्द्रको किनार रित्तो बन्छ । दिनभरि तातेको बालुवा सेलाउँछ । अनि मेरो थकाइ मार्ने र रात काट्ने आश्रय स्थल बन्छ। दिनभरि खुबै उत्तेजित भएर बहने समुन्द्रका छालहरू साँझ पर्दै गएपछि बिस्तारै शान्त बन्दै जान्छन ।
जब रात छिपिंदै जान्छ अनि ति दिनभरी मान्छेहरूसँग खेलेर थाकेका बलुवालाइ छालहरूले सुस्तरी सुस्तरी जिस्काउँछन् । समुन्द्रको छालले बालुवामा कोरेको मधुर धुनले बिस्तारै दिनभरिको थकाई मेटिन्छ । घरको सानो कोठाभन्दा कति विशाल छ फिरन्तेको निदरी ओछ्यान । सिङ्गो समुन्द्रको बिशाल पिंढीमा सिङ्गै आकाशको झिलिमिली छानो । साँच्चै न्युयोर्क जस्तै यो सहर पनि कतिखेर सुत्छ होला ? संसारभरिका लाखौं पर्यटकलाई हरेक रात सन्तुष्टि दिन यहाँ हजारौं रेस्टुरेन्टहरू र सयौं नाइट क्लबहरू छन् । बेनिदोर्मले व्यस्त रात्रिकालीन जीवनका लागि चाहिने लगभग सबै कुरा फिँजाएको छ । मैले यहाँ बालुवामा दुई रात बिताए पछि केहि नेपाली सोल्टीहरूलाई भेट भो ।
एक रात हामी 'लाइभ सेक्स'अर्थात् प्रत्यक्ष यौन सम्पर्क कार्यक्रम हेर्न गयौं । यहाँ बस्ने अरु नेपाली साथीहरूका लागि कुनै नौलो कुरा नभए पनि मेरो लागि यो मेरो यात्रामा अनुभव गर्ने अत्यन्त दुर्लभ अनुभव थियो । एकदिन हामि चार भाइ मिलेर अलि रात छिप्प्पिए पछि यहाँको एउटा प्रसिद्ध ‘लाइभ सेक्स’ क्लबमा गयौं ।
हाम्रा एक मित्रले हामी प्रत्येकका लागि एक एक बोतल बियर ल्याएका ल्याए। एक बोतल बियर लिँदा गेटको प्रवेशमा पैसा नलाग्ने रहेछ । दुई युरोको बियरले प्रवेश पाइन्थ्यो । त्यहाँ ’लाइभ सेक्स’ हेर्न सयौं पर्यटकहरू पर्खिरहेका थिए । हामीले एउटा टेबल पायौं र शोको प्रतीक्षा गर्दै बियर पिउन थाल्यौं । त्यहाँ धेरै जोडीहरू थिए र एकल महिला पुरुषहरू पनि । पाँच मिनेट पर्खेपछि एउटी सलक्क परेकी अग्ली, गोरी पातली युवती दर्शकहरूका सामुन्ने देखा परिन । उनले धेरै आकर्षक पातालो गाउन लाएकी थिइन । त्यो गाउनबाट कट्टु र ब्रा लगाएकी थिइन् । उनको भित्रिबस्त्र छर्लङ्ग देखिन्थ्यो। एकैछिनमा हलमा शानदार संगीत गुञ्जियो र उनी नाच्न थालिन् । करिब दुई मिनेटपछि एक बलिष्ट शरीर भएको पुरुषको आगमन भयो । उनि कुनै बडी बिल्डर जस्ता देखिन्थे । उनि पनी युवतीसँग नाच्न थाले । त्यसपछि उनले आफ्नो खल्तीबाट सय यूरो निकालेर युवतीलाई दिए । युवतीले पैसा लिएर आफ्नो ब्रामा घुसारिन । ती पुरुषले उनलाई समात्न खोजे तर उनीले सजिलै ती पुरुषलाई समर्पण गरिनन् । उनले थप सय युरो निकालेर उनलाई दिए । त्यति गर्दा पनी उनी ती पुरुषको अँगालोमा जान तयार भइनन् । पुरुषले फेरि अर्को सय युरो दिएपछि बल्ल उनी ती पुरुषको हात समेटेर उनको अँगालोमा टाँसीइन । उनले युवतीलाई बिस्तारै घाँटीमा चुम्बन गर्न थाले । त्यसपछि शरीर अन्य भागमा चुम्बन गर्न थाले । ओठमा लामो चुम्बन गरेर ती युवतीलाई शिथिल बनाइ सकेपछि बिस्तारै उनले युवतीको गाउन खोले अनि फेरि ब्रा खोलेर दर्शकदिर्घामा फाली दिए ।
एउटा दर्शकले त्यो ब्रा समातेर चुम्बन गर्यो र बुरुक्क उफ्रेर चिच्यायो । ती नाच्ने युवकले फेरि युवतीको पेन्टी उतारेर फेरी दर्शकदीर्घा मै फाली दिए । अर्को दर्शकले समातेर अघिल्लो दर्शकभन्दा बढी चिच्यायो । मानौ उसले समातेको पेन्टी बार्सिलोनाका फुटबलर मेस्सीले फालेको फुटबल जस्तै थियो । अब नाच्ने युवतीको शरीर उदाङ्गो थियो । नाच्ने युवकले युवतीको ..... मुन्टोहरू पालो मन्दसँग जिब्रोले चलाए । त्यसपछि उनी बिस्तारै बिस्तारै चुम्बनको ओरालो झरे । युवती ति युवकको हरेक स्पर्शमा समर्पित भइसकेकी थिइन । युवक निक्कै तल पुगे जहाँ युवतीको ..... थियो ।..............
बाँकी किताबमा अझै धेरै रहस्यको उद्घाटसहित l
नोभेम्बर ,२००५
स्मरणीय : प्रस्तुत सामग्री बुकहिलले प्रकाशन गरेको पुष्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’को अंशबाट लेखकसँग अनुमति लिएर साभार गरिएको हो )- सम्पादक
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...