चेरुङ तामाङ (शक्तिमान दोङ्ग) अध्यक्षमा संयुक्त नागरिक पार्टी धादिङ जिल्ला समिति गठन
कार्तिक १८, संयुक्त नागरिक पार्टीको धादिङ जिल्ला भेलाले चेरुङ तामाङ (शक्तिमान दोङ्ग)को अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ। धादिङ वेसी स्थित जिविका होटलको सभाहल पुच्छर बजारमा मंगलबार सम्पन्न उक्त भेलाको अध्यक्षता चेरेङ तामाङले गरेका हुनभने कार्यक्रममा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कार्की प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा पार्टी विशेष अतिथि प्रमुख सल्लाहकार डा. शामूएल संग्राम राई, महासचिव डा. तेज ब. रोक्का, त्यसैगरी सहमहासचिव तथा बागमती प्रदेश कार्यवाहक इन्चार्ज प्रमोदकुमार खड्का, उपेश नौबाग केन्द्रिय सदस्य बिष्णु खड्का, सुजन उपरकोटीलगायतका नेताहरू उपस्थिति थिए । पार्टीका महासचिव तथा प्रमुख वक्ता तेज रोक्काले पार्टीको निति सिधाान्त सहित वर्तमान देशको परिस्थिति जेनजी आन्दोलनले ल्याउन खोजेको भ्रष्टाचार मुक्त समृद्धि राष्ट्रको चाहानालाई अरु पार्टीले गर्न नसक्ने भन्दै जेनजी सहितको नयाँ र अग्रगामी सम्पूर्ण लाई संयुक्त नागरिक पार्टीमा आएर उदेश्य पूरा गर्न आह्वान गरेका थिए ।
प्राय सबै बक्ताहरूले देशमा विकास र समृद्धिको लागि विश्वास, आशा र प्रेममा आधारित आस्था, अस्तित्व र अधिकारका लागि सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै विभेदरहित समृद्ध राष्ट्र निर्माणका लागि आम नागरिक एक हुनुपर्ने आह्वान गरे ।
वरिष्ठ उपाध्यक्ष कार्कीले नयाँ ऐतिहासिक यात्राको सुरुवात भएको बताउँदै पार्टीको नीति “इमानदार नेता आजको आवश्यकता” भन्ने मूल मन्त्रका साथ इस्वरीय मूल्य मान्यतामा आधारित सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गरी नयाँ नेपाल निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । नवगठित जिल्ला समितिलाई शुभकामना दिंदै उनले जिल्लाभर विद्यमान अन्याय, विभेद, बहिष्कार र दमनका संरचनाविरुद्ध दृढ संघर्ष गर्न र पार्टीको नेतृत्व सदैव उत्तरदायी रहनुपर्नेमा जोड दिए। साथै, सत्ता शक्तिको लोभमा नफसी जनताको इमानदार सेवामा समर्पित रहन पनि निर्देशन दिए।उक्त कार्यक्रमको सञ्चालन पार्टीका उपमहासचिव तथा बागमती प्रदेश सहइन्चार्ज उपेश नौवागले गरेका थिए ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...