उच्चस्तरीय छानबिन समिति बनाउन करिब करिब सहमति - कार्यविधिको लागि तीन नेताले जिम्मा पाए

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच मोटामोटी सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो । बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताए । तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ । गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद खुल्न सक्ने बताए ।
कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए । उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए । ‘भोलि बसेर सबै विषय टुंग्याउँछौँ । सकारात्मक छलफल सौहार्दपूर्णरुपमा छलफल भएको छ । भोलिको संसद चल्छ’ लेखकले भने ।
रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए। ‘नेताहरुलाई त्यसबारे ड्राफ्ट गर्न जिम्मा दिइएको छ। भोलि सबै विषय टुंगिन्छ । भोलि संसद खुल्नेमा पनि विश्वस्त छु ’ लामिछानेले भने ।
akabarey. com टिप्पणी : एमाललेले सरकारलाई गलायो l akabarey.com परीक्षण प्रसारणमा छ l
म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएका घडी खोस्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धे...
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...