कोसी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने
रासस-मोरङ, १५ असारः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको छ ।
पछिल्लो समयमा बसाइँसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेकाले किसानलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याइएको हो ।” मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”
स्मरणीय : फोटो सामाजिक सन्जालबाट साभार
किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएक...
सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्तामाझ स्थापित भइसकेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।