हत्कडीमा दुर्गा प्रसाई

काठमाडौं-दुर्गा प्रसाई भारतको आसामबाट प्रहरी नियन्त्रणमा परेको भए पनि उनलाई भद्रपुरबाट पक्राउ परेको विज्ञप्ति प्रहरीले जारी गरेको छ l
झापाको भद्रपुरबाट बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको छ ।
उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका गाडी भित्रैसम्म गएका थिए र सञ्चारकर्मीको आँखा छल्दै उनलाई बाहिर निकालिएर काठमाडौं प्रहरी परिसर पुर्याइएको छ ।
चैत १५ गते तीनकुनेमा अराजकता मच्चाउने समूहका जनकमान्डर घोषित प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी गरिएको छ । राससका राजकुमार ओलीको तस्बिर अनुसार उनलाई हत्कडी सहित नै ल्याइएको छ l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...