कर्तव्यनिष्ठ गार्डलाई भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान

काठमाडौं- गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो । उक्त घटनामा ७० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीका मालिक मीनबहादुर गुरुङले जानकारी दिएका थिए l
उक्त दिनको लुटपाट र तोडफोड़का क्रममा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले एक्लै प्रतिकार गरेको भिडियोहरू सार्वजनिक भएको र उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो घटनाको भिडियो भाइरल भएपछि गार्ड दुलप्रसादको कर्तव्य र साहसको व्यापक चर्चा र परिचर्चा भएको थियो l
उनलाई सम्मान गर्नु पर्ने विचारहरू विभिन्न तह र तप्काबाट उठेका थिए l यसै क्रममा आज सुरक्षा गार्ड डुलप्रसाद पराजुलीको योगदान र साहसको कदर स्वरूप भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको छ l अन्य उनका सहयोगी सुरक्षा गार्ड पनि सम्मानित भएका छन् l
पराजुली विगत २२ वर्षदेखि भाटभटेनीमा सेवारत छन् l
आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
पालिकाले वातावरण तथा पूर्वाधार, तालिम उपलब्ध, कलासंस्कृति संरक्षणलगायत क्षेत्रमा समुदायलाई आवश्यक सह...
शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य प...