शिलाकन्या माविका विद्यार्थीलाई पोशाक वितरण

नुवाकोट-शिलाकन्या देवी माध्यमिक विद्यालय सूर्यगढ़ी गाउँपालिका वडा नं. २ फटकपुरमा अध्ययनरत विद्यार्थीहरूलाई सिएमएस फाउण्डेसन, यूकेको आर्थिक सहयोगमा विद्यालय पोशाक ( ट्रयाक सुट ) वितरण गरिएको छ l विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङको पहलमा विद्यालयका एकसय सत्तरी विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्षको उपस्थितिमा फागुन २६ गते सोमबार वितरण गरिएको थियो l
गाउँ पालिका अध्यक्ष सन्तबहादुर घलेले विगतको तुलनामा शिलाकन्या देवी माविको शैक्षिक गुणस्तर क्रमशः वृद्धि हुँदै गएको कारण आफूले पनि सोही अनुसारको शिक्षक दरबन्दी उपलब्ध गराएको र यसै सत्रमा उक्त विद्यालयलाई विज्ञान प्रयोगशाला दिने निर्णय भएको जानकारी पनि गराउनु भयो l कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङले शिक्षा र स्वास्थ्य नै मानिसको आधारभूत आवश्यकता भएकोले शैक्षिक सुधारमा आफू खटिरहेको बताउनु भयो l
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चतुसन अधिकारी,लगायत अन्य शिक्षक, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी र विद्यार्थीहरूले मनतव्य राख्नु भएको थियो l कार्यक्रम संचालन सहायक प्र.अ. सुदिप अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक शोभा तामाङले राख्नु भएको थियो l
विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रय...
सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न...
म अभिभावक हुँ, विद्यार्थीहरू लाई मर्का पर्यो । शिक्षकहरूलाई विद्यालय फर्कनुस् भन्न आएको हो l