मन्त्री कुन्दनराज काफ्लेद्वारा तामाकोसी,झुले दोलखामा राष्ट्रपति रनिङ शिल्ड उदघाटन हुने
दोलखा - तामाकोशी गाउँपालिकाको आयोजना तथा श्री अमर मा.वि. र श्री जनप्रभात मा.वि. झुलेको व्यवस्थापनमा हुन गइरहेको छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१, तामाकोसी गा.पा.वडा न.-२ झुले भत्येरे चौरमा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आज २०८१ मङ्सिर २८ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ l
उक्त प्रतियोगिता मङ्सिर २८-३० गतेसम्म हुन गइरहेकोले सम्पूर्ण विद्यालयका प्रधानाध्यापक,शिक्षक विद्यार्थी,वि.व्य.स, अभिभावक, ७ वटै वडाका जनप्रतिनिधि,राजनीतिकर्मी, समाजसेवी,बुद्धिजीवी, सञ्चारकर्मी , शिक्षाप्रेमि,खेलप्रेमी,विभिन्न संघसंस्था,युवा क्लब,महिलासञ्जाल,आमासमूह,विभिन्नकार्यालयका कर्मचारी,सुरक्षा निकाय,उद्योगी तथा व्यवसायीलगायत सम्पूर्ण महानुभावहरूलाई तपशिल अनुसार उपस्थित भइ कार्यक्रमकाे शाेभा बढाईदिन खेलकुद व्यवस्थापनकर्ता विद्यालयहरू श्री अमर मावि झुले र श्री जनप्रभात मावि झुलेले संयुक्त रूपमा आव्हान गरेका छन् l
कार्यक्रम स्थल र मिति
मिति:- २०८१ मंसिर २८
समय:- बिहान १०:०० बजे
स्थान :- तामाकोसी गा. पा.-२ झुले भत्येरे चाैर खेलमैदान l
खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध पक्षलाई तामाकोसी गाउँ पालिकाले पनि विशेष आग्रह गरेको छ l
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l