डा. मित्र परियारलगायत नेपालीहरू भारतीय दलित साहित्य अकादमीबाट सम्मानित
काठमाडौँ, मङ्सिर, २३ - कास्ट वाच नेटवर्क नेपालका केन्द्रीय संयोजक, लेखक तथा दलित अभियन्ता डा. मित्र परियार आज एक समारोहका बिच भारतको राजधानी दिल्लीमा डा. अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् l उक्त सम्मान भारतीय दलित अकादमीका अध्यक्षले समर्पण गरेका हुन् l
भारतीय दलित साहित्य अकादमीको आयोजनामा भएको विशेष कार्यक्रममा सम्मान प्राप्त गर्ने अन्य नेपालीहरूमा डा. सुन्दरबहादुर थापा र पुरुषोत्तम नेपाली डा. अम्बेडकर एक्सीलेंस सर्विस इन्टरनेशनल अवार्ड -२०२४ बाट सम्मानित भएका छन् l
कुमार सिवा डा.अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड-२०२४ बाट र डा. अम्बेडकर इन्टरनेशनल अवार्ड -२०२४ बाट डा. किशोरकुमार प्रधान साथै दीपन्द्र विश्वकर्मा डा. अम्बेडकर कलाश्री अवार्डबाट सम्मानित भएका छन् l
'डा. अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड- २०२४'बाट सम्मानित भएपछि डा. मित्र परियार भन्छन् : यो सारा नेपाली दलितको गौरव हो ।नेपालमा अम्बेडकरवादी विचारधारा फैलाउदै दलित आन्दोलनलाई उचाइमा पुर्याउन म अझ बढी प्रतिबद्ध र कटिबद्ध भएर लाग्नेछु l' डा. परियारले सम्मानको खुशी akabarey.com सँग यसरी व्यक्त गरे l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...