दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

काठमाडौँ - 'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन् । राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका उनी निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन् ।
नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले गिरफ्तार गरेको हो । संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए ।
संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ ।
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...