वडा अध्यक्ष शिवप्रसाद खनालले आफैं व्यवस्थापन समिति अध्यक्ष रहेको स्कुलबाट ५२ वर्षमा १२ कक्षा उत्तीर्ण गरे
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवप्रसाद खनालले १२ कक्षा पास गरेका छन्। शुक्रबार प्रकाशित परीक्षाअनुसार खनालले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेका हुन्।
उनले ५२ वर्षको उमेरमा कक्षा १२ पास गरेका हुन् ।
वडाध्यक्षा खनालले २.४१ जीपीए प्राप्त गरेका छन् । यसभन्दा अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा उनले २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए । खनालले निर्मल बहुमुखी क्याम्पस बस्तिपुरबाट परीक्षा दिएका थिए ।
खनाल मनहरी गाउँपालिका–१ का वडाध्यक्ष एवं बाल जीवनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । आफू अध्यक्ष रहेको विद्यालयकै विद्यालयमा उनी विद्यार्थी बनेर उनले पढाइलाई निरन्तरता दिएका थिए । वडाबाट समय मिलाएर उनी बेलाबेलामा विद्यालय अध्ययन गर्नसमेत जाने गरेका थिए ।
एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाईलाई विश्राम दिएका खनालले विद्यालयको पढाइ सुधार्ने अभियानका साथै अधुरो पढाई पूरा गर्न उनी आफैं ११ कक्षामा भर्ना भएका थिए।
खनालका दुईवटै छोराले स्नातक तहसम्मको पढाइ पूरा गरिसकेका छन् । उच्च शिक्षा अध्ययनको विषयमा भने निर्णय नगरेको बताउँदै खनालले परिवार र साथीभाईको सरसल्लाहपछि निर्णय गर्ने बताए। खनाल मनहरीको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष हुन्।
फाइल फोटो प्रयोग गरिएको छ l akabarey.com
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l