'मैले तपाईलाई सलाम गर्ने गरी काम गर्नू'- गृहमन्त्री रवि लामिछाने
काठमाडौँ, फाल्गुन २९
उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई राम्रो काम गर्न अपिल गरेका छन् ।
आज सामाजिक सञ्जालमा उनले एक अपिल जारी गरेका छन् l जहाँ उनले लेखेका छन् : 'गैर कानुनी काम गर्नेलाई कारबाही गर्न कुनै आदेश कुर्नु पर्दैन l'
‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन” उनले भनेका छन् – ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ।’
जय नेपाल ( पार्टी वाला होइन, देश वाला )
रवि लामिछानेको अपिल जस्ताको त्यस्तै :
फोटो : रवि लामिछानेको फेसबुकबाट साभार
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l