नार्कको कार्यकारी निर्देशक नियुक्ति मापदण्ड विपरित भएको भन्दै रास्वपा सांसद विनीता कठायतद्धारा ध्यानकर्षण
काठमाडौँ,माघ, १५
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद बिनिता कठायतले राष्ट्रिय कृषि तथा अनुसन्धान परिषद् (नार्क) कार्यकारी निर्देशकको नियुक्ति मापदण्ड विपरित भएको भन्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाको ध्यानाकर्षण गर्दै ध्यानाकर्षण पत्र बुझाएकी छन् l
नार्कमा हालै नियुक्ती गरिएको कार्यकारी निर्देशक मापदण्डनुसार नभएको भन्दै सांसद कठायतले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ : “ कार्यकारी निर्देशकमा नियुक्त व्यक्तिले एनएआरसी ऐन २०४८ मा उल्लेखित योग्यताहरू पूरा नगरेको देखिन्छ ।
विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिहरूको अभिलेख भएको हुनुपर्ने मापदण्ड छ । तर यी कुनै मापदण्ड पुरा नगरी कार्यकारी निर्देशक नियुक्त गरिएकोले वैधता र नियम पालनाको बारेमा प्रश्न खडा भएको हो ।”
सांसद कठायतद्वारा बुझाइएको ध्यानाकर्षण पत्र :
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l