नेपाली वृत्तचित्र “को–हजबेन्ड” र “भाग्यले बाँचेकाहरू”को अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन हुँदै
नेपालको बहुपति प्रथाको कथामा निर्मित गणेश पाण्डेको वृत्तचित्र फिल्म “को–हजबेन्ड” र “भाग्यले बाँचेकाहरू” को अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन गरिने भएको छ ।
अमेरिका र क्यानडासहित विश्वका बिभिन्न देशमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल यी वृत्तचित्र नेपाली समाजको आयोजनामा डिसेम्बर ९ तारिख शनिबार १ बजे भर्जिनियाको च्यान्टिलीस्थित कन्फ्रेन्स सेण्टरको हलमा प्रदर्शन गर्न लागिएको हो।
को–हजबेन्ड अहिलेसम्म एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक गणेश पाण्डेले पर्दामा उतारेका छन ।
यसैगरी, “भाग्यले बाँचेकाहरू” २०७२ सालको भूकम्पमा। चमत्कारिक रूपमा बाँचेका नेपालीहरूको कथा हो । यो वृत्तचित्र फिल्मले विश्वका बिभिन्न देशमा १७ वटा भन्दा बढी उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल भएको थियो ।
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।