शिक्षक आन्दोलन फिर्ता - सरकारसँग पाँच बुँदे सहमति
काठमाडौं,असोज,१२
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहररू बीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।
शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।
परीक्षामा उत्तीर्ण भएका शिक्षकहररू स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरू लाई सरकारले आर्थिक प्याकेज दिनेछ ।
संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरू ले आन्दोलन जारी राखेपछि सरकारले वार्ता थालेको थियो ।वार्ता आज निस्कर्षमा पुगेसँगै शिक्षकहरूको आन्दोलन स्थगित भएको छ l
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l