अष्ट्रेलिया पढ्न जान'ग्लाेबल कन्सल्टमा भर्ना अभियान'
काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना गर्ने भएको छ ।
ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेका अनुसार कम्पनीले यही फागुन २३ गते शुक्रबार काठमाण्डौंको नयाँ बानेश्वर, आलोक नगर बस स्टपमा रहेको आफ्नै कार्यालयमा ‘अष्ट्रेलिया एडमिसन डे’ गर्न लागेको हो ।
एडमिसन डेमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी र कलेजका प्रतिनिधिले विद्यार्थीले पढ्न चाहेको विषय, भिसा प्रक्रिया र भर्ना सम्बन्धि जानकारी दिनेछन् । त्यसैगरी विद्यार्थीले भिसा प्रक्रियाका लागि चाहिने डकुमेन्टका विषयमा पनि जानकारी पाउनेछन् ।
कार्यक्रममा बैंकका प्रतिनिधिले शैक्षिक कर्जाका विषयमा जानकारी प्रदान गर्ने छन् ।
यसका अतिरिक्त एडमिसन डे मा विद्यार्थीले आइईएलटिएस वा पिटिई मा भर्ना हुँदा पचास प्रतिशत र विद्यार्थी भिसा प्रक्रियाको सर्विस चार्जमा सय प्रतिशत छुट पाउनेछन् ।
कार्यक्रममा सहभागी विद्यार्थी मध्येबाट भाग्यशाली विजेताको रुपमा उपहार समेत प्रदान गरिने ग्लोबल कन्सल्टले जनाएको छ ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l