कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित
काठमाडौँ, मङ्गसिर २ - स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएपछि नेपाली काङ्ग्रेसले २०८१ को उपचुनावमा पहिलो खाता खोलेको छ l
ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईका विरुद्ध कसैले पनि उमेद्वारी नदिए पछि भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन । आइतबार स्थानीय तह उपनिर्वाचनका लागि ४४ स्थानमा मनोनयन दर्ता गराइएको थियो ।
ओखलढुंगा जिल्ला समन्वय समिति सभापति निर्वाचित हुन् कांग्रेसको एकल बहुमत प्राप्त थियो l यस अघि पनि कांग्रेस कै उमेदवार विजयी भएका थिए l
आफ्ना उमेद्वार निर्विरोध विजयी भएपछि काङ्ग्रेसको केन्द्रीय कार्यलयको प्रेस वक्तव्य :
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l